एक करोड बयासी लाख नक्कली नोटसहित साफी पक्राउ

सुनसरी  । जिल्लाको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सो विषयमा सार्वजनिक गरेको छ । चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर-५ का २२ बर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते दिउँसो पक्राउ गरेको हो । BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा सवार रहेका साफीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडी भित्र बिभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान( एक करोड बयासी लाख एकाउन्न हजार १,८२,५१,०००) बरामद भएको थियो ।
ठुलो परिमाणमा नेपाली नक्कली नोट बरामद भएसंगै गाडी सहित चालकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार