बिराटनगर । प्रहरी टोलीले बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूहबाट सुनसरीको धरान उप-महानगरपालिका- १५ बगरकोट स्थित खटिएको प्रहरी टोलीले धरान- ४ का २७ बर्षीय राजिव राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट Trama ६८, Decolic ११८ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान र नगद ८ हजार रुपैँया समेत फेला पारी पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीबाट डाईजोपाम, फेनारगन, लुपिजेसिक र एभिल गरी जम्मा ६८ एम्पुल औषधी सहित ईटहरी- ५ का २२ बर्षीय पुकार गिरी, २० बर्षीय एकराज सुनदास र २६ बर्षीय आकाश चौधरीलाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा- १० का ३६ बर्षीय केशब तामाङलाई ७२ मिलिग्राम र बिराटनगर- १६ हुलास चौकबाट ७४ मिलिग्राम ब्राउन सुगर सहित १९ बर्षीया सुजन उरावलाई पक्राउ गरेको हो ।


83 पटक हेरिएको 








