झापा । जिल्लाको शिबसताक्षी नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
हिजो साँझ ७ बजे मे.१ ह ५८०५ नम्बरको अटोले २ वटा साईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । शिवसताक्षी-८ का ३१ बर्षिय दिलिप श्रेष्ठ, उनको छोरी ११ बर्षीया गोमा श्रेष्ठ, ९ बर्षीया शितल श्रेष्ठ र अटो चालक ५२ बर्षीय पुर्ण बहादुर भट्टराई घाईते भएका थिए । आम्दा अस्पताल दमकमा उपचार भईरहेकोमा शितल श्रेष्ठको थप उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।


72 पटक हेरिएको 








