२ वटा कार्यविधि स्वीकृत

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले २ वटा कार्यविधि स्वीकृत गरेको छ ।

मङ्गलबार  नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको बैठकले सो निर्णयहरु पारित गरेको हो । नगरपालिका कर्मचारी तहवृद्धि तथा बढुवा सम्वन्धी कार्यविधि २०८० र नगरको फोहोरमैला तथा सरसफाई व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गरेको हो । नगरपालिकाको संघ संस्था दर्ता कार्यविधि २०७७ लाई संसोधन गरी जल उपभोक्ता समिति दर्ता गर्ने निर्णय पनि गरेको छ । त्यस्तै आ.व. २०८०/०८१ को अर्धवार्षिक समीक्षा २०८० फागुन १४ गते नगरपालिकामा बस्ने निर्णय गरिएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार