पथरी । शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाले विषयगत प्रश्न निर्माण तथा ईएमआईएस सम्वन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयको कक्षा–५ र ८ मा अध्यापन गर्ने नेपाली, अंग्रेजी, सामाजिक, गणित र विज्ञान तथा प्रविधि विषयका शिक्षकहरूका लागि विशिष्टिकरण तालिका अनुसार प्रश्न निर्माणका लागि सहजिकरण गर्न ५ दिन सम्म विषय विज्ञहरूबाट कार्याशाला सञ्चालन भएको थियो । कार्यशालामा २८ वटा सामुदायिक विद्यालयबाट विषय शिक्षकहरूको उपस्थिति रहेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले परिवर्तन गरेको नयाँ अनलाइन बेसमा आधारित ईएमआईएसबाट कार्यसम्पादन गर्न, कक्षा– ५/८ को परीक्षा आवेदन फारम अनलाइन भर्ने/भराउने तथा नतिजा प्रमाणीकरण गर्ने विषयमा सबै सामुदायिक विद्यालय तथा ३६ वटा संस्थागत विद्यालयका शिक्षक/कर्मचारीहरूलाई सहजीकरण गरिएको सहजकर्ता शिक्षा अधिकृत नवीन खुलालले जानकारी दिए ।


129 पटक हेरिएको 








