बाल कल्याणका अभिभावकहरुद्वारा प्रदर्शन

पथरी  बाल कल्याण माध्यामिक विद्यालय पथरी शनिश्चरे ७ का विद्यार्थी र अभिभावकले बुधबार प्रदर्शन गरेका छन् ।

उनीहरूले व्यवस्थापन समितिले कहिले पुर्णता पाउछ?, स्कुल प्रशासनले समयलाई कहिले देखि पछ्याउछ?, स्थानीय विषयमा व्यवहारिक ज्ञान् कहिले देखि पाइन्छ?, स्कुलमा राजनीति कहिले देखि बन्द हुन्छ?, दिवा खाजामा पार्दर्शिता चाहियो? शिक्षक र शिक्षिकाले पुरा पिरियड  प्रशासनले कहिले जाच्छ?, असक्षम शिक्षक चाहिन्दैन? लगायत नारा लगाउदै कीर्तिपुर बजार परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् । कोण सभामा  विसुद्व अभिभावक र विद्यार्थीहरुले बिद्यालयको पिडा सहन नसकेर उजागर मात्रै गरेको बताउदै बिद्यालय व्यवस्थापन समितिका सदस्य लोकनाथ लुइँटेल(प्रताप) ले बच्चाहरुको भविष्यको लागि चरणबद्व संघर्ष गर्ने बताए । व्यवस्थापन समितिले पूर्णता पाउनुपर्ने, स्कुल प्रशासनले समय तालिकाअनुसार स्कुल लगाउनुपर्ने, स्थानीय विषयमा पठनपाठन हुनुपर्ने, दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनुपर्ने लगायतका माग पनि राखेका छन् । बुधबार साझ आन्दोलनरत पक्षसङ्गको वार्ता सफल भएन । अभिभावकले मंगलबारदेखि विरोधका कार्यक्रम सुरु गरेका थिए । पहिलो दिन उनीहरूले शिक्षक र विद्यार्थीको हाजिरी चेक गरेका छन् । अभिभावकहरुले मागबारे सुनुवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको आन्दोलनरत अभिभावकहरुके जनाएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार