सवारी दुर्घटनामा ५ को मृत्यु

पथरी । मोरङ, सुनसरी र उदयपुरमा दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतीय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडिको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्‍याउदा घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए । घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-८ मा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १-०५-०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को.२८ प ७०८६ मोटरसाईकल ठक्कर दिएको थियो । दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उदयुरगढी-६ का ३४ बर्षीय रत्न कुमार तामाङ र पछाडि सवार उनकै ३३ बर्षीया श्रीमती उर्मिला तामाङलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट ल्याईएकोमा उपचारको क्रममा रत्न कुमार तामाङको मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक ४० बर्षीय बिनोद कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

सुनसरीको ईटहरी उप-महानगरपालिका- ६ मिलन चौक स्थितमा ट्रकको ठक्करबाट एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । हिजो दिउँसो साढे १२ बजे पुर्व पश्चिम लोकमार्गमा ना. ८ ख ३२८५ नम्बरको ट्रकले ठक्कर दिदा बाटो क्रस गर्दै गरेकी पैदलयात्री ईटहरी- ४ की ७१ बर्षीया दुर्गा देबी पौडेल घाईते भएकी थिईन् । घाईते उनलाई उपचारको लागि घोपा धरान पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनामा संलग्न ठक्कर दिने ट्रक र ट्रक चालक तामाकोशी गाउँपालिक- ५ दोलखाका २१ बर्षीय सुमन बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार