बिर्तामोड । झापाको बाह्रदर्शी गाउँपालिका- ६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको प्रहरीले बताएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।


100 पटक हेरिएको 








