लेटाङ । मोरङको लेटाङ नगरपालिका- २ बाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय रुपेश राई रहेका छन् ।
बिहिवार बेलुका साढे ८ बजे घरमानै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा राई पक्राउ परेका हुन् । घरमा राखेको १ थान र घर अगाडी होम पाईपमा समेत लुकाईछिपाई राखेको थान १ गरि जम्मा २ थान भरुवा बन्दुक प्रहरीले फेला पारेको प्रहरीले उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


81 पटक हेरिएको 








