पथरी । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिकास्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्टाए । फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ । कार्यक्रममा वडा अध्यक्षहरू भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु, नगरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।


107 पटक हेरिएको 








