उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका- ७ मा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
हिजो बिहान साढे ६ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स.१ ख.८१६ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको प्र.१-०१-०१६ प ४६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका- ३ ईलामका २४ बर्षीय प्रगित राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न बस र बस चालक उदयपुरगढी- ६ उदयपुरका ३० बर्षीय नारायण सुनुवारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


74 पटक हेरिएको 








