पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले भागीरथ माविलाई कृषि उपकरण वितरण गरेको छ ।
आज विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी हाते ट्याक्टर लगायतका कृषि उपकरणहरु हस्तान्तरण गरेको हो ।
र्यापर १ थान, वाइडर १ थान, एजस्टेवल बेड फर्मर १ थान, केज व्ल १ थान, डिप टिलिङ ब्लेड पुडिङ १ थान, स्टयान्डर व्लेड सेट १ थान लगायतको कृषि उपकरणहरू वितरण गरिएको थियो ।
कृषि उपकरण वितरण कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरको एक मात्र बाली बिज्ञान अध्ययन हुने भागीरथ माविलाई शिक्षण सिकाईमा थप सहयोग मिलोस् भन्ने हेतुले कृषि उपकरण सहयोग गरेको बताउदै आगामी दिनमा पनि शिक्षाको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । पथरीशनिश्चरे वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, वडा सदस्य कल्पना श्रेष्ठ, समाजसेवी हिकमत श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्याल व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रध्यानाध्यापक जानकी चेम्जोङले सञ्चालन गरेकी थिइन् ।


143 पटक हेरिएको 












