भुमि आयोग मोरङले के के गर्‍यो ?

मोरङमा ८ हजार ९ सय १९ भूमिहीन दलित, १८ हजार ५ सय ६१ जना भूमिहिन सुकुमबासी, ४० हजार २ सय ५३ घर परिवार अव्यवस्थित बसोबासी छन् । आयोगको वेबसाइटमा ७३ हजार ७ सय ८ जनाले निवेदन दिएका छन् । १७ वटा पालिकामध्ये कतिवटा पालिकाले अझै विवरण इन्ट्री गरेका छैनन् । सबैको विवरण अपडेट हुने हो भने एक लाखको हाराहारी घर परिवारलाई पूर्जा वितरण गर्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ । उनीहरुलाई २ हजार १ सय ३० विगाहा जग्गा दिनुपर्ने अवस्था छ ।

जिल्लामा अव्यवस्थित बसोबासी, भूमिहिन दलित, सुकुमबासीहरु सबैभन्दा बढी पथरी शनिश्चरे नगरपालिकामा छन् । उर्लाबारी, सुन्दरहरैंचा, कानेपोखरी, बेलबारी, लेटाङ लगायतका पालिकामा पनि समस्या धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार