भोजपुर हिडेको गाडी दुर्घटनामा  ८ जनाको मृत्यु ९ जना घाईते

उदयपुर । जिल्लाको बेलका नगरपालिका-७ मेैनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।

सुनसरीको धरानबाट भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका-२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका-२ की ७० बर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका-९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका-५ की ३० बर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा र हतुवागढी गाउँपालिका-५ का ४२ बर्षीय किसान राईको धरानको बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

को को घाइते ?

मोरङ कानेपोखरी गाउँपालिका-५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका-६ भोजपुरकी २० बर्षीया मिनु राई, सोही स्थानकी ३६ बर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका-२ की ३२ बर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका-१ का १७ बर्षीय सुनिल परियार, सोही स्थानकी १७ बर्षीया सबिना परियार, ईटहरी-१७ सुनसरीकी ३४ बर्षीया गायित्री कट्वाल, उनकै ८ बर्षकी छोरी निकिता कट्वाल र ईटहरी-१७ की २९ बर्षीया रमा थापा घाइते भएको हो । उनीहरूको  बी.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार