तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता हुने

पथरी । मोरङको पथरी शनिश्चरेमा सहिद रत्न कुमार वान्तवा तेस्रो रास्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
शनिबार आयोजक फ्रेन्डसीप चेस क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषयमा जानकारी गराएको हो । क्लबले चैत २७ देखि ३० गतेसम्म प्रतियोगिता हुने क्लबका सचिब लोकसागर साम्बाले बताएका छन् । नगरका ६० खेलाडीसहित १ सय ५० जनाले प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ ।नेपाल च्याम्पियन बद्रीलाल नेपाली, भुपेन्द्र निरौला, नवीन तन्डुकारलगायत खेलाडी सहभागी हुने प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान गरिएको छ । खेलका प्रथम हुनेलाई ५१ हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार