मोरङ र धनकुटामा दुर्घटना हुँदा २ जनाको मृत्यु

बिराटनगर । मोरङ र धनकुटाको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका-७ स्थिमा मे.१ ख ३३७२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८ प ७२४६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । ठक्करबाट घाईते भएका मोटरसाईकल पछाडि सवार ईटहरी- ८ की ४४ बर्षीया मन्जु कटुवालको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । मोटरसाईकल चालक २१ बर्षीय अमित कटुवालको सोहि अस्पतालमा उपचार भईरहेको भएको छ ।
घटनामा संलग्न ठक्कर दिने बस र बस चालक मोरङ पथरीशनिश्चरे- २ का ३७ बर्षीय टेक बहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको छ ।

बिहीबार दिउँसो साढे १ बजे धनकुटा नगरपालिका-६ स्थितमा बागमती प्रदेश ०१-०२६ च ८९९२ नम्बरको पिकअप गाडी अचानक बेक्रफेल हुँदा दुर्घटना भएको हो । पिकअपले सडक साईडमा रोकी ग्यास लोड गर्दै गरेको बागमती प्रदेश ०१-००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिदा ग्यास लोड गर्दै गरेका ट्रक चालक सिराहा लाहान गोलबजार घर भई धनकुटा गुठिटार बस्ने ३० वर्षिय निरज ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने पिकअप चालक धादिङ सिद्धलेख-३ का ३८ बर्षीय चेत बहादुर विशुँखेलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार