बिराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सत्तारूढ नेकपा एमाले र नेकपा माओवादीका सांसदहरूले केदार कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी गराएका छन् ।
सोमबार साझ नेकपा एमाले संसदीय दलका नेता हिकमत कुमार कार्की र नेकपा माओवादीका संसदीय दलका नेता इन्द्र आङ्बो मौसमको नेतृत्वको टोलीले समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । दुई ठूलो दलहरूले फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ ।


71 पटक हेरिएको 








