विराटनगर। झापा र धनकुटा जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बेलुका ५ बजे झापाको बिर्तामोड नगरपालिका- ६ स्थितमा प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम सन्दकपुर गाउँपालिका- ३ का २९ बर्षीय रमेश मगर र मेचिनगर नगरपालिका- ७ का २२ बर्षीय अजय राजबंशीलाई शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लागुऔषध ब्राउनसुगर ६३० मिलिग्राम र नगद १ हजार १ सय ८० रुपैँया समेत फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
धनकुटाको धनकुटा नगरपालिका- ७ स्थितबाट नियन्त्रित औषधी Tramol र spasmo गरी जम्मा १८० ट्याब्लेट, लागुऔषध गाँजा ३०० ग्राम सहित स्थानीय १९ बर्षीय किरण राई र २३ बर्षीय ओम तामाङलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


71 पटक हेरिएको 








