शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल

पथरी। नगरको शैक्षिक गुणस्तर सुधार अभियान सम्बन्धी छलफल  कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जिल्ला समन्वय समिति मोरङको समन्वयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला समन्वय समितिका उप–प्रमुख उषा झा प्रमुख अतिथिमा सम्पन्न भएको हो । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका इकाइ प्रमुख टंक प्रसाद गौतम, वडा अध्यक्षहरू, सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरूको उपस्थिति रहेको कार्यक्रममा जसबहादुर कार्की र चन्द्र उपाध्यायले सहजीकरण गरेका थिए ।
कार्यक्रमबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानका लागि तयार गरिएको संकल्प प्रस्ताव सबैको राय सुझाव संकलन गरी पारित गर्ने र सामुदायिक विद्यालयको शैक्षिक सुधारमा नगरपालिकाले विशेष जोड दिँदै आएको नगर प्रमुख तुम्वापोले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार