लागुऔषध ओसार पसारमा संलग्न १ लाई गोली प्रहार 

मोरङ । जिल्ला को रतुवामाई नगरपालिका-६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिजुवा, ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ३४ बर्षीय भगिरथ हरिजनलाई आज दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो ।
BR 38Q 3830 नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएकोले प्रहरीले प्रतिकार स्वरुप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १४९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ ।
प्रहरीको गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार