उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका-७ सिम्लेमा हावाहुरी र पानीसंगै आएको चट्याङले लागेर स्थानीय ५३ बर्षीय चन्द्री तामाङ परियारको मृत्यु भएको छ ।
आज राती साढे १ बजे आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक हावाहुरी पानी सँगै आएको चट्याङले लागेर परियारको घटना स्थलमानै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।


89 पटक हेरिएको 








