सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता:सप्तरंगी र कल्याण स्पोर्टिङ्ग सेमिफाइनलमा

सिरिजंगा चोक। सप्तरंगी एफ सी र कल्याण स्पोर्टिङ्ग क्लव सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो सिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सप्तरंगी एफ सीले भोटेघुम्ति एफ सीलाई २-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। खेलमा सप्तरंगी एफ सी का खेलाडी अशिम राईले २ गोल गर्दै म्यान अफ दि म्याच चुनिए। भोटेघुम्ती एफ सीका तर्फबाट एक मात्र सान्तवना गोल पेनाल्टीमार्फत निश्चल लिम्बूले लगाएको थियो र बाँकी समयमा थप गोल हुन नसक्दा घरेलु दर्शकहरुको साथ पाएको भोटेघुम्ती एफ सी निराश हुन पुग्यो।

दोस्रो खेलमा कल्याण स्पोर्टिङ्ग क्लवले सुनझोडा एफ सीलाई २-० ले पाखा लगाउँदै सेमिफइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।  विजयी टोलीका खेलाडी प्रदीप राई खेलको म्यान अफ दि म्याच घोषित भए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार