सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता: यलम्बर र सिरिजंगा फाइनलमा

सिरिजँगा चोक । विहिवार भएको खेलमा यलम्बर जोरधारा यूथ क्लब र आयोजक सिरिजंगा एफसी फाइनलमा प्रवेश गरेको छ।

मोरङको पथरीशनिश्चरे-३ मा जारी तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा यलम्बर क्लबले सप्तरंगी एफ सीलाई हरायो। पेनाल्टी मार्फत ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। यस अघि पुरा समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेको थियो।

त्यस्तै दोस्रो सेमिफाइनलमा आयोजक सिरिजंगा एफ सी ले कल्याण स्पोर्ट्सलाई सडेन डेथमा ६-४ गोल अन्तरले पराजित गऱ्यो। दुवै टोलीले निर्धारित समयमा १-१ गोल गरेको थियो । फाइनल खेल आगामी जेष्ठ १५ गते मंगलबार दिनको ३:०० बजे देखि हुने आयोजक ले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार