वाल्मीकिले गऱ्यो बधाई, विदाई तथा शुभ कामना कार्यक्रम

पथरी । वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालय पथरी शनिश्चरे २ मोरङले बधाई विदाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

सोमबार वि. सं.२०८० सालमा एसईई उत्तीर्ण २३औ ब्याचका विद्यार्थीको लागि वाल्मीकिले बधाई, विदाई तथा शुभकामना कार्यक्रम गरेको हो। विद्यालयले मायाको चिनो, खदा र अविर लगाइ दिएर विद्यार्थीलाई बधाई र विदाई गरेको छ। उत्तीर्ण ७४ मध्ये दिवस बस्नेत (३.९ ५ जीपीए ), सुभाङड घिमिरे (३.९५ जीपीए) र  एमोस नेपाल(३.९१ जीपीए) ले उत्कृष्ट नतिजा ल्याउन सफल भए । उनीहरुलाई विद्यालयले जनही १० हजार नगद पुरस्कार प्रदान गरेको छ । पथरी शनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नविन खुलाल, विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद दुलाल, अभिभावक ऋषि धिमाललगायतले उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार