चलचित्र बिषयलाई पाठ्यपुस्तकमा समेट्न माग

पाँचथर। चलचित्र बिषयलाई पाठ्यपुस्तकमा समेट्न याक्थुङ मुन्चइत चोक सयङ्ले अनुरोध पत्र बुझाएको छ ।

सोमबार लिम्बु भाषा उच्च शिक्षा बोर्डलाई र मंगलबार लिम्बु भाषाको पाठ्यक्रम निर्माण समिती ति पाँचथरलाई बुझाएको हो । लिम्बू भाषा उच्च शिक्षा बोर्डका अध्यक्ष मलिसा याक्थुङ्बा र लिम्बू भाषाको पाठ्यक्रम निर्माण समिति पाँचथरका संयोजक, सम्पादक हरिचन्द्र लावतीले बुझाइएको हो । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बू चलचित्रकर्मी संघ) की महासचिव रुपा आङ्बुहाङ र अध्यक्ष सागर केरुङ्द्वारा हस्ताक्षरित अनुरोध पत्रमा ‘लिम्बु चलचित्रलाई पाठ्यक्रम र पाठ्यपुस्तकमा समिटिदिन हुन’ भनिएको छ । सथै अनुरोध पत्रसहित लिम्बू चलचित्र निर्माणको ऐतिहासिक पृष्ठभुमि र विवरण समेत बुझाएको जनाएको छ । चौथो राष्ट्रिय महाधिवेशनद्वारा घोषित कार्यक्रमअनुरुप अनुरोध पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको संघीय सदस्य सन्देश सुब्बाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार