काफ्लेद्वारा नगरपालिकाले काजु खेतीको बारेमा कार्यक्रम ल्याउने जानकारी

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेले काजु खेती र काजुको विरुवा उत्पादनको आज अनुगमन गरेकी छिन् ।
पथरी शनिश्चरे–३ का पूर्वशिक्षक भुवनेश्वर पोख्रेलले काजु खेती गरी प्रशस्त बिरुवा उत्पादन गरिरहेको समाचार सुनेपछि उप–प्रमुख काफ्लेले अनुगमन गरेकी हुन्। पोख्रेलले तीन वर्ष अघि काजुको विरुवा भारतबाट ल्याएक  थिए । अहिले आम्दानीको हिसावले पनि राम्रै गरिरहेको बताउने पोखरेलले नगरसँग समन्य गरी काजु खेतीलाई प्रोत्साहन गर्न अुनरोध गरे। तत्पश्चात उप–प्रमुख काफ्लेले सरसल्लाह पश्चात् नगरबाट काजु खेतीको लागि केही न केही कार्यक्रमहरु ल्याइने प्रतिवद्धता जाहेर गरिन् । अनुगमनमा कृषि शाखा प्रमुख सविना राईको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार