हसन्दह । विशाल सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे- ६ ले वृक्षरोपण गरेको छ ।
आज १० प्रजातिका विरुवाहरु रोपिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले विरुवा रोेपेर उक्त वृक्षरोपण कार्यक्रमको उद्घाटन गरे । नगर उप–प्रमुख देविमाया काफ्ले, वडाअध्यक्ष कृष्णबहादुर बस्नेत, सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश कमिटी सदस्य अग्नी पौडेल, पथरी शनिश्चरे नगरका १० वटा सामुदायिक वनका पदाधिकारी तथा वनकर्मीहरु वृक्षरोपण कार्यक्रममा सहभागी भएका थिए ।
वृक्षरोपण कार्यक्रममा सव–डिभिजन वन कार्यालय कानेपोखरीले उपलब्ध गराएको विरुवाहरु वडा नं. १० को डाँसमोरङ्गी वनले ढुवानी गरेको हो ।


93 पटक हेरिएको 








