कृषकको सिचाई मोटरको महशुल वडा कार्यालयले तिर्ने

सखुवारा । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का कृषकहरुले  सिंचाइ मोटर सञ्चालन गरे वापत बिजुलीको बिल तिरिरहनु भएको छ ? छ भने अब विद्युत महशुल भुक्तानी गर्नुपर्दैन । पथरी शनिश्चरे वडा नं ८ ले सिंचाई मोटरको बिजुलीको बिलमा अनुदान दिने भएको छ ।

वडा भित्र रहेको सिंचाइ पैनी नलाग्ने प्रकृतिको जग्गामा नजिकका खोलाबाट पम्पिङ गरेर वा भूमिगत बोरिङबाट सिंचाइ गर्ने कृषकहरुलाई प्रत्यक्ष लाभ होस् भन्ने हुतले अनुदानको कार्यक्रम ल्याइएको वडाध्यक्ष नविन कार्कीले बताए । वडाले निकालेको सूचनामा उल्लेख भए बमोजिमका कागजपत्रहरु १५ दिनभित्रमा वडा कार्यालयमा पेश गर्नु पर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार