मुन्धुमी चुम्लुङले ३ सय ५० विरुवा रोप्यो

सिरिजंगा चोक । स्वास्थ्य र वातावरणीय सुन्दरताको लागि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको छ ।
मुन्धुमी चुम्लुङ पथरी शनिश्चरे ३ को आयोजनामा येले मेला परिसर बक्राह खोलाको डिलमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो।
सब डिभिजन कार्यालय पथरी र सब डिभिजन कार्यालय मंगलवारे बाट प्राप्त बिरुवा रोप्न करिव दुई सय भेला भएका थिए। आयन राईको विशेष सहयोग भएको कार्यक्रमको उद्घाटन हरियाली सामुदयिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल मगरले विरुवा रोपेर गरेका छन् । सिरिजङ्गा स्पोर्टिङ क्लब, सिरिजङ्गा वजार ब्यस्थापन समिति ,सुन्दरी चोक बजार ब्यस्थापन समिति लगायतका प्रतिनिधिहरुले बिरेन्द्र फुल, असोक, रातो शिरीष, अमला, कल्की फुलगायत ३ सय ५० विरुवा रोपेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार