सुन र चाँदीको सहित एक जना पक्राउ

पथरी । घर कोठा भाडामा खोज्ने बहानामा सुन चाँदीका गरगहना चोरी गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ ।

हिजो सुर्योदय नगरपालिका-१० का ४७ बर्षीय हेमकुमार श्रेष्ठको घरमा कोठा खोज्ने बहानामा आएका दार्जिलिङका ३० बर्षीय देवब्रत रायलाई पक्राउ गरेको हो । घरको कोठा भित्र गएर दराज खोली दराज भित्र रहेको सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको साथबाट चोरी भएका सुनका बिभिन्न प्रकारका गरगहना ६ तोला ८ सय ५ ग्राम, चाँदीका गरगहना १० तोला ८१ लाल र नगद ९ हजार बरामद गरेको हो । चोरीको सामान सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार