करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी । जिल्लाको इटहरी उप-महानगरपालिका-२ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

हिजो साँझ निर्माणाधिन घरमा वाईरिङ गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५० बर्षीय पाचु उराउको घटनास्थलमा नै मृत्यु भएको हो ।
उराउलाई पोष्टमार्टमको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार