विराटचोक । माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु (क्रान्तिकारी)को १६ औं मोरङ जिल्ला अधिवेशनबाट मिक्लाजुङका सरोज किराती निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारी जिल्ला समितिको निर्वाचन आइतबार सुन्दरपुर हरैचाको विराटचोकमा भएको थियो । सर्वसहमत नभएपछि अध्यक्ष, उपाध्यक्ष, सहसचिव र कोषाध्यक्षमा चुनाव भएको थियो ।
निर्वाचनमा १ सय ३४ मध्ये अध्यक्षको उमेद्वार सरोज किरातीले ८१ मत ल्याएर बिजयी भएको हो । अध्यक्षका अर्का प्रत्यासी शशी यादव ५३ मत प्राप्त गरेका थिए । त्यसैगरी तीन उपाध्यक्षको लागि पाँच जना प्रतिष्पर्धामा उत्रेका थिए । उपाध्यक्षमा दिपेश परियार (१ सय २७), पुष्कर भट्टराई (६९), आयुद अछामी (६८) बिजयी भएका छन् । उपाध्यक्षका प्रत्यासी रोशन यादव (५७), अलिल अधिकारी (६४) रहेका थिए । सचिवमा सतिस कार्की सर्वसहमत चयन भएका थिए । दुई सहसचिव पदका लागि चार जना भिडेका थिए । महिला सहसचिवमा भने रबिना चौधरी सर्वसहमत चयन भएकी छन् ।
सहसचिवमा अनिस कार्की (६१), अनिष पौडेल (५६) बिजयी भए । सहसचिवका प्रत्यासी दिपेन्द्र राई (५४) र दर्शन शाहा (५२) रहेका थिए । कोषाध्यक्षमा सितल दर्नाल (७६) बिजयी भएकी छन् । दर्नालको प्रत्यासी किर्तिका खनाल रहेका थिए । यस अघि सरोज किराती जिल्लाको बरिष्ठ उपाध्यक्ष रहेका थिए ।
सरोजलाई सर्वसहमत अध्यक्ष बनाउने पर्यप्त संभावनाहरु रहेपनि माओवादी (केन्द्र)को पार्टी नेतृत्व तहमै मत विन्नता देखिएपछि निर्वाचत भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि सरोज किरातीले संगठनलाई एकताबद्ध बनाएर लाने बताएका छन् । कार्यकालभर विद्यार्थीहरुको हकहित र जिल्लामा शैक्षिक माफिया विरुद्ध अभियानहरु चलाउने अध्यक्ष किरातीले बताए । विधान बमोजिम ९ पदाधिकारी निर्वाचित भएर आएपछि बाँकी ४२ जना सदस्य चयन गरिने अध्यक्ष सरोज किरातीले बताए । संगठनको खुल्ला सत्र भदौ १९ गते भएको थियो ।