पथरी । प्रथम पथरी शनिश्चरे अन्तराष्ट्रिय गोल्डकपको फाइनलमा संकटा क्लब काठमाडौं पुग्न सफल भएको छ।
आज भएको पहिलो सेमिफाइनल घरेलु टोली आयोजक पथरी ११ लाई पाहुना टोली संकटाले ट्राइबेकरमा पराजित गऱ्यो । ट्राइबेकरमा ३- १को गोल अन्तर भएको थियो । पराजित टिमको तर्फबाट साइमन लिम्बू, निरज परियार, धिरेन क्षेत्रीले गोल गरेनन् भने सनम घिमालले मात्र गोल गर्न सफल भए । विजय टिमको तर्फबाट अनिस परियार बाहेक पुस्कर खडका, युवराज ढकाल र कृपा चौधरीले गोल गर्न सफल भए ।
खेलको पहिलो हाफको १२ औं मिनेटमा संकटाका खेलाडी जर्सी नं २३ का कृपा चौधरीले पहिलो गोल गर्दै पथरी ११ विरुद्ध अग्रता लिएको थियो। पथरी ११ ले ६१ औं मिनेटमा जर्सी नं ८ का विवेक पौड्यालले टिमलाई बराबरीमा पुऱ्याए ।
अब संकटा ले भोलि हुने दोस्रो सेमिफाइनलको स्पर्धी झापा ११ र ब्रिगेड ब्वाइज काठमाडौं मध्ये एकको सामना गर्नुपर्ने छ ।
गोल्ड कप ३ बजेदेखि प्रस्तावित पथरी फुटबल रंगशालामा भइरहेको छ ।


347 पटक हेरिएको 












