पथरी । श्री हरियाली वचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरे ३ मोरङको १९ औं साधारण सभा सम्पन्न भएको छ।
असोज ९ गते पथरी शनिश्चरे ५ को भेटघाट चोक , असोज १० गते पथरी शनिश्चरे ३को किराती चोक र असोज ११ गते पथरी शनिश्चरे ३को लक्ष्मी चोकमा सभा सम्पन्न भएको हो । संस्थाका सञ्चालक समिति सदस्य राज विकास पयाङ्गुका अनुसार सभामा सेयर धनी हरुलाई दोसल्ला र नगद १२ सय रुपैयाँ प्रदान गरेर सम्मान गरिएको छ। एकल महिला सम्मान तर्फ यमोदा खतिवडा, मेनुका राई, लिला ढकाल, पवित्रा दंगाल, पवित्रादेवी पोख्रेल, भिमादेवी मिश्र, लक्ष्मी देवी नेपाल, मिरा काफ्ले, तुलसादेवी पोख्रेल र डोलमाया घिसिङ कार्की लाई सम्मान गरिएको छ ।
जेष्ठ नागरिक सम्मान तर्फ अमरध्वज लिम्बु , ए आर बहादुर बराइली , हेम कुमार कियाक , लक्ष्मी प्रसाद आचार्य , चन्द्रप्रसाद तिम्सिना, भक्त बहादुर खडका, मुक्तिनाथ गौतम , टेकनाथ अधिकारी , चन्द्रलाल ढकाल, यमनाथ पौडेल, डिल्लीराम दंगाल, ददिराम खडका , हरिमाया भट्टराई, अम्विका तिम्सिना, सेर बहादुर कार्की , तिलमाया अधिकारी , नेत्र प्रसाद पौडेल , देवी बहादुर भटराई, पुष्प बहादुर थापा सम्मानित भएका छन् । संस्थाका अध्यक्ष पूर्ण बहादुर लुङगेलीको अध्यक्षता तथा सचिव मनरथ भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो । संस्थामा ९९० जना सेयर सदस्य रहेको छ ।