राजवंशी समुदाय र प्रथम हुकाहुकी कार्यक्रम

मत्स्य देशका राजा विराट महाभारतकानदेखि नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन्। यो हुकाहुकी शुभ दीपावली (सुकरात)को पहिलो ऐतिहासिक दिन हो। जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियो वाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै , सँगै घर बाहिर र खेतीबारीमा गएर हुका हुकी भन्दै विराट राजवंशी समुदायले मनाउने पुर्खौली चलन रही आएको छ । राजवंशी समाज उत्थान समिति केन्द्रीय अध्यक्ष भुवनेश्वर राजवंशीले सुकरातमा लक्ष्मी माँता भगवान पुजाको साझको बेलामा हुकाहुकी मीद खेल्ने पौराणिक चलन रहेको बताउछन् । हुकाहुकी सन्ठी र भाँसी (लामो घाँस) ले बनेको क्रस आकारको बस्तु हो। विराट राजवंशी समुदायले घरमा कुलदेवताको (गोसाई सिरा) मा सन्ठीको हुकाहुकी राखी पूजाआजा गर्ने गर्दछ । पूजापाठ गरिसकेपछि दियोबाट सन्ठीको हुकाहुकीमा आगो लगाई आगंन हुँदै खेतबारीमा “हुकाहुकी” भन्दै उत्साहित साथ हामी मनाउँदै आएका छौ।राजवंशी समाज उत्थान समिति (बिराट)मोरगले हुकाहुकी रितिमा सबै उमेर समूहका सहभागिता हुने बताउँछन्। जसले गर्दा विराट राजवंशी समुदायमा भाईचारा, आदर भाव र भावनात्मक सम्बन्ध प्रदान गर्न यो हुकाहुकीको महत्व रहदै आएको छ ।विराट राजवंशी पूर्वी तराईको मूल आदिवासी समुदाय कृषि पेसामा आश्रित रहेको पाईन्छ । विराट राजवंशी समुदायमा प्राय जसो पशुपालन र खेतीपाती गर्ने पौराणिक पेसा नै कृषि हो। हिउँदै बाली र अन्नबालीमा किरा हो . . फट्याङग्रालाई क्षति पुर्याउने भएकोले कीरा फट्‌याङग्रालाई धपाउने हेतुले गाँउटोलमा भेलाभई साँझपख खेतबारीमा गई हुकाहुकी मनाउने प्रचलन चलिआएको छ । हुकाहुकी आगोका मुस्लो हो । जसले अदृश्य शैतानी शतिलाई ध्वस्त बनाउने कार्य हुकाहुकी रितिमा भएको विराट राजवंशी समुदायको मान्यता छ। गाँउ र बस्तीमा भएको किरा फट्याङग्रा कम गर्न र सबैको स्वास्थ्य लाभको कामना गर्दै धुमधाम, भव्य र उत्साहितका साथ मनाउने गर्दछ । विराट राजवंशी समुदायको हुकाहुकी प्रथा लोप हुदै गईरहेको छ। यसलाई संरक्षण एवम सम्बर्द्धन गर्न राज्यको कुनै पनि निकायको पहल देखिदैन। राज्य नै मौन छ । जसले गर्दा विराट राजवंशी समुदायको साँस्कृतिक रितिरिवाज आकर्षण घट्दै गएको छ । तसर्थ विराट राजवंशी युुुवा समितिले मौलिक साँस्कृतिक हुकाहुकीलाई प्रवर्द्धन गर्न यहि आउने कार्तिक ३ गते बिराटनगर महानगरपालिका वडा नम्बर १२ बिराट सामुदायिक भवनमा प्रथम हुकाहुकी कार्यक्रम गर्दैैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार