हिजो भएको दुर्घटनाबाट ३ जनाको मृत्यु 

विराटनगर । झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टाछुटै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

कात्तिक १९ गते झापा कन्काई नगरपालिका-५ स्थितमा मे. ११प३३८ नम्बरको मोटरसाईकलले स्थानीय बिनोद पाठकको ७ बर्षीय छोरा सोहन पाठकलाई बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिँदा घाईते भएका बालकको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोडमा मृत्यु भयो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितमा प्रदेश१-०२-०४३ प ६६६२ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ४५ बर्षीय लोक बहादुर पौडेललाई ठक्कर दिँदा घाईते भएका उनको बिराट टिचिङ अस्पताल पुर्‍याउनासाथ मृत्यु भयो । सोहि दिन मोरङको रतुवामाई नगरपालिका-१० स्थित आमबारी-उर्लाबारी सडक खण्डमा उर्लाबारी तर्फ जाँदै गरेको ना.४ ख ४०१३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र.१-०१०-१४ प २४४३ नम्बरको मोटरसाईकल दुर्घटना भयो। घटनाबाट मोटरसाईकल चालक झापा कमल गाउँपालिका-५ का २८ बर्षीय संदेश गौतमको उपचारको क्रममा आर्या न्युरो अपस्तालमा मृत्यु भएको हो । सवारी दुर्घटनामा संलग्न रहेका मोटरसाईकल चालक कन्काई-५ का २३ बर्षीय अजत मिया, इटहरी-२ का ४० बर्षीय राजन धमला र बस चालक मोरङ रतुवामाई नगरपालिका-६ का ३२ बर्षीय गोपाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार