झापा । इलाका प्रहरी कार्यालय दमक, झापाले जुवा तास खेल्ने १८ जनाको समूहलाई पक्राउ गरेको छ ।
कात्तिक २२ गते झापा शिवसताक्षी नगरपालिका-११ नहर चौक स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । शिवसताक्षी -५का का बर्षीय मुकेश राउत, गौरिगंज गाउँपालिका-१ का ४७ वर्षिय हरी राजवंशी , शिवसताक्षी -११का -६२ बर्षीय चन्द्रमणि रिमाल, ४५ वर्षिय राजेन्द्र बास्कोटा, ४९ वर्षिय दिपेन्द्र घिमिरे, ४७ वर्षिय राजेद्र बुबर, शिवसताक्षी-७ का ५४ वर्षिय छत्र बहादुर सोडारी, ६१ वर्षिय मणि खड्का, ३२ वर्षिय राजु दर्जी , ५१ वर्षिय तुला सुब्बा, ६९ वर्षिय सितारम कार्की, ४३ वर्षिय खडी बहादुर श्रेष्ठ, शिवसताक्षी-४ का २४ वर्षिय सेवराज राजवंशी, ३६ वर्षिय रुप ना. साहा, ३५ वर्षिय मनोज साहा, शिवसताक्षी-९ का ३३ वर्षिय निरज दुलाल , ५६ वर्षिय मोहन प्रसाद दुलाल र शिवसताक्षी- ६ का ४८ वर्षिय लोकनाथ दुलाललाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद ४ लाख ५४ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।


66 पटक हेरिएको 












