निःशुल्क सुगर, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान

पथरी । पथरी शनिश्चरे नगरपालिकाले विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई. निकाली निःशुल्क परामर्श सेवा प्रदान गरेको छ ।
आज निःशुल्क सुगर जाँच, रक्तचाप जाँच तथा बी.एम.आई.निकाली निःशुल्क परामर्श सेवा उपलब्ध गराइएको हो । पथरी शनिश्चरे वडा नं. १ को सब्जी मन्डी लाइन, विशाल चौक, वडा नं. २ को बुद्ध चौक, वडा नं. ३ को पिपल चौक, वडा नं. ४ को सिरिसे डाँडा, वर्ग चौक, वडा नं. ५ को हसन्दह स्वास्थ्य चौकी, वडा नं. ६ को भातेगौडा चौक, वडा नं. ७ किरात चौक, वडा नं. ८ को शुक्रबारे बजार, शिव चौक, वडा नं. ९ को वडा नं.९ को कार्यालय र वडा नं. १० को वडा नं. १० को कार्यालयमा सेवा प्रदान गरिएको नगरका सिअहेव स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार