सिरिजङ्गा चोक । हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी शनिश्चरे-३ मोरङले मल विक्री वितरण गरिएको छ ।
गत कार्तिक २३ गतेदेखि सेयर धनी कृषकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले संस्थाको मुख्य कार्यालय पथरी शनिश्चरे ३ बाट मल विक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष पुर्ण लुङ्गली मगरले बताएका छन् । ६ सय ९६ सेयर सदस्य रहेको संस्थाको पथरी शनिश्चरे ५ भेटघाट चोकमा सदस्य सम्पर्क कार्यालय र पथरी शनिश्चरे को किराती चोकमा सदस्य सेवा केन्द्र रहेको छ । संस्थाका प्रमुख व्यवस्थापक उमनाथ भण्डारीले पोटास प्रति केजी ५०, प्रति बोरा (५० केजी) १९ सय, युरिया प्रति केजी २० प्रति बोरा ९ सय, डीएपी प्रति केजी ५० प्रति बोरा २ हजार ३ सय ५० का दरले विक्री वितरण गरिएको जानकारी दिए। २०६२ साल माघ २ गते दर्ता भएको सहकारीले मुख्य कार्यालयबाट सुपथ मूल्यमा मल खरिद गर्न सेयर धनीहरुलाई आग्रह गरेको छ।