पथरी । नापी कार्यालय उर्लाबारीमा राख्न पथरी शनिश्चरे नगरपालिकाले सहमति जनाएको छ ।
मंगलवार पथरी शनिश्चरे नगरपालिकाको कार्यपालिका बैठकले सो सहित विभिन्न निर्णयहरु पारित गरेको छ । नगर प्रमुख मोहन तुम्बापोको अध्यक्षतामा बसेको बैठकले विपन्न नागरिक आवास योजना सम्वन्धी कार्यविधि २०८० संसोधन, मालपोत कार्यालय र नापी कार्यालय उर्लाबारी नगरपालिकामा राख्न सहमति दिने, उर्लाबारीको अनाथ आश्रमलाई सहयोग गर्ने, शनिश्चरे खानेपानीलाई पाइप खरिद गर्न १५ लाख सहयोग गर्ने र सामुहिक खेती सञ्चालन कार्यविधि २०८१ स्वीकृत गरिने निर्णयहरु गरिएको नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए ।