शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ४ को वडा कार्यालयले वडावासीलाई चिसोबाट जोगाउन विभिन्न राहत सामग्रीहरू लिएर घरघरमा पुगिरहेको छ ।
जाडो बढेसँगै चिसो मौसमका कारण भर्खर जन्मेका नवजात शिशु तथा आमाहरूमा आउनसक्ने जटिलता लाई विभिन्न स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न वडाध्यक्ष लोकनाथ न्यौपानेले आफ्ना वडावासीहरूको घरघरमा गएर नुन, चामल, अण्डा लगायत खाद्यान्न सामग्रीहरू प्रदान गर्दै आएका छन् । विपन्न परिवारका शिशु र सुत्केरी आमाहरुलाई सतर्कताको निम्ति खाद्यान्न सामग्री उपलब्ध गराउँदै चिसोबाट बच्न र स्वास्थ्य रहन वडा कार्यालयले विशेष अनुरोध गरेको छ ।


86 पटक हेरिएको 









