अपाङ्गता सम्बन्धि अभिमुखिकरण

हसन्दह । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ मा अपाङ्गता सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाद्वारा वडा नं ५ र ६ को सभाहलमा आयोजित अभिमुखिकरणमा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार एवम् अपाङ्गता सम्बन्धि विविध विषयमा छलफल भएको थियो । मंसिर १७ र १८ गते आयोजित अभिमुखिकरणमा नगरपालिकाका प्रतिनिधिहरु गिता कट्टेल र मन्दिरा थापाले सहजीकरण गरेका थिए । कार्यक्रममा वडामा क्रियाशिल संघसंस्था , जनप्रतिनिधि , विद्यालय, बाल क्लब , महिला स्वास्थस्वयंसेविका , महिला समूह आदिको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार