नव गठित समितिलाई अभिमुखीकरण कार्यक्रम

पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे वडा नं. ७ मा उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आज वडा कार्यालयमा वडा नं. ७ को आयोजनामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/ ०८२ मा उपभोक्ता समिति मार्फत् संचालन हुने योजनाहरुको कामलाई प्रभावकारी बनाउन नव गठित उपभोक्ता समितिका पदाधिकारी (अध्यक्ष, सचिव र कोषाध्यक्ष)हरुलाई उपभोक्ता समितिको काम, कर्तब्य, अधिकार, प्राविधिक, कानुनी, प्रशासनिक, योजना सम्झौता गर्न देखि फरफराक गर्नसम्म चाहिने कागजपत्र तयारी गर्न, माइन्युट लेख्न, काम गर्दा ध्यानदिनुपर्ने कुराहरुको बिषयमा जानकारी गराएको हो ।

कार्यक्रममा वडाध्यक्ष उद्धवराज बस्नेत, वडा सदस्यहरु नरेशकुमार राई, सपना राई, मनिकुमार लिम्बु, वडा सचिव झमक भण्डारी, नगरपालिका कार्यालयबाट योजना शाखा प्रमुख शिव राई, इन्जिनियर हसरत अलि नेपाल र नव गठित उपभोक्ता समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार