स्रोत नखुलेको ४७ लाख रकम सहित महिला पक्राउ

रंगेली । मोरङको रंगेली नगरपालिका-८ बाट स्रोत नखुलेको रकम सहित एक जना महिलालाई पक्राउ गरिएको छ ।

मंसिर २५ गते रंगेली नगरपालिका-८ दर्वेशा की ६५ बर्षीया ज्योति देवी अग्रवाल घर बाट पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा टिनको बाकसमा राखेको स्रोत नखुलेको १ हजार र ५०० दरका नेपाली रुपैंया ४७ लाख ४९ हजार बरामद गरेको हो । रकम वरामद भए संगै घर धनी अग्रवाल समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार