पथरी । चासोक तङ्नामको अवसरमा आयोजित सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिताको उपाधि उर्लाबारीले जितेको छ ।
साकेला खोटाङलाई उप विजेतामा खुच्चाउँदै उर्लाबारीले उपाधि रक्षा गरेको हो। प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे। स्व.आमा सुसिला तुम्बाहाङफे कन्दङवा लिम्बुको सम्झनामा एभरेष्ट अङ्ग्रेजी मावि पथरी शनिश्चरेका सञ्चालक रविन कन्दङ्वाले प्रथम र दोस्रो पुरस्कारको नगद प्रायोजन गरेको थियो । विर्तामोडलाई हराउँँदै उर्लाबारीले फाइनलको यात्रा तय भएको थियो भने एमएल मोरङलाई पछि पार्दै खोटाङ साकेला फाइनल खेलमा पुगेको थियो ।
मंसिर २९ गतेदेखि सुरु सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता पुष २ गते सम्म जारी थियो । किरात याक्थुङ चुम्लुङ नगर शाखा समिति पथरी शनिश्चरे र सिरिजंगा स्मृति धार्मिक बन उपभोक्ता समूहको आयोजनामा प्रतियोगिता भएको हो। प्रतियोगितामा ८ टिमले सहभागी जनाएकाे छ।


78 पटक हेरिएको 









