पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा क्षयरोगका विरामीहरुलाई उपचार अवधिभर पौष्टिक आहारहरु वितरण कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार नगरपालिकाका क्षयरोगका विरामीहरुलाई पौष्टिक आहारहरु वितरण गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्ले, नगरका स्वास्थ्य अधिकृत सिअहेव एकराज खत्री र सहयोगी संस्था बी.एन.एम.टी. नेपाल र विराटनगर नेपाल मेडिकल ट्रष्टका प्रतिनिधिहरुले विरामीहरुलाई पौष्टिक आहार वितरण गरेका हुन् ।


84 पटक हेरिएको 




