सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-२ अकाहा बजार बाट चाईनिज पेस्तोल सहित ३८ बर्षीय शमसेर आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
पुस ८ गते राति ९ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राम प्रसाद तिमल्सिना सहित खटिएको प्रहरी टोलीले खुर्सित आलमको घर खानतलासी गर्ने क्रममा आलमलाई पक्राउ गरेको हो । घरको भान्छा कोठा भित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको अवैध चाईनिज पेस्तोल १ थान, म्यागजिन १ थान र गोली २ राउण्ड प्रहरीले नियन्त्रणमा लिएको हो । फरार रहेका खुर्सित आलमको खोजतलास भई रहेको छ ।


97 पटक हेरिएको 











