पथरी । सुनाखरी माध्यमिक विद्यालय पथरी शनिश्चरेले न्यानो कपडा वितरण गरेको छ।
शुक्रबार दिउँसो कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो। वडा नं -१ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १ सय ६० जनालाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको थियो । ऊनीको स्वीटर, टोपी, ट्राउजर, मोजा, बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दाताका तर्फबाट ईश्वर मास्के, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। न्यानो कपडा वितरणका लागि हाल अमेरिका बस्दै आएका मेनुका-विनोद राई, युवराज राई, रियान विक,धन लिम्बु, कृष्ण तामाङ, सुशिला सम्हाम्फे, पथरी शनिश्चरे वडा नं १ का मनोज अग्रवाल, जीवन चेम्जोङलगायतले आर्थिक सहयोग प्रदान गरेका थिए ।


96 पटक हेरिएको 




