
पथरी । डिटेल एजुकेशन कन्सल्टेन्सीले आफ्नो तेस्रो शाखा पथरीमा खोलिएको छ । शनिबार आयोजित विशेष समारोहमा सो शाखाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कन्सल्टेन्सीका सीईओ योगेन्द्र चौहान, वडा नं १ का अध्यक्ष भीम कुमार राई, पञ्चायत मावि तथा पथरी शनिश्चरे व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेत, पथरी बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश कट्वाल, समाजसेवी माधव थापा लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मानबहादुर लिम्बुले वर्तमान शिक्षाले जीवनोपयोगी र नैतिकवान बनाउन नसकेको भन्दै डिटेल एजुकेशन कन्सल्टेन्सी जस्ता संस्थाहरूले विद्यार्थीलाई सही मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरे ।
डिटेल एजुकेशन कन्सल्टेन्सीका शाखा प्रवन्धक धन कुमार सुब्बाले कन्सल्टेन्सी सञ्चालनमा आउनु पूर्व नै ३३ जना विद्यार्थीहरूले भर्ना लिइसकेको जानकारी गराउँदै विदेश अध्ययनका इच्छुक विद्यार्थीहरूलाई सही परामर्श, भाषा कक्षा, भिसा प्रक्रिया, तथा अन्य आवश्यक सेवा प्रदान गर्ने बताए ।
पथरीशनिश्चरेका युवा उद्यमीहरू धन कुमार सुब्बा, सरोज भट्टराई र मनि लिम्बुले संयुक्त रूपमा डिटेल सञ्चालनमा ल्याएका हुन् ।