
पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेले शान्ति भुल्के सिमसारको पोखरी खाजा घरको शिलान्यास गरेकी छिन् ।बिहीवार शान्ति सामुदायिक वन उपभोक्ता समूह(पथरी शनिश्चरे-१)को पोखरीको बीचमा अवस्थित पोखरी खाजा घरको काफ्लेले शिलान्यास गरेकी हुन् । पोखरी खाजा घर संघीय सरकार पर्यटन मन्त्रालयको ९० लाख लागतमा निर्माण हुनेभएको हो । खाजा घर स्तुपाबाट पानीको फोहरा झर्ने र बोटिङको आकारमा निर्माण हुने शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङले जानकारी दिए। कार्यक्रममा पूर्व नगर प्रमुख दिलिपकुमार राई, वडा नं. १ का अध्यक्ष भीम राई, कार्यपालिका सदस्य विरध्वज शिवा, युवा समाजसेवी एवं शिक्षाप्रेमी प्रदिपकुमार राई, पूर्व वडाध्यक्ष बाबुराम येङ्देन, गायक महेश बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।